News Portal

  • सिनामंगलस्थित सेन्ट्रल कलेजमा विद्यार्थीका लागि विशेष कार्यक्रम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ मंसिर २०७८
    ७६४ पटक
    भक्तपुर, १८ मंसिर २०७८

     सिनामंगलस्थित सेन्ट्रल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुद्वारा प्रथम सेमेस्टरका विद्यार्थीहरुका लागि आयोजित स्वागत कार्यक्रम शुक्रबार सम्पन्न सम्पन्न भएको हो ।

    उक्त अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका कलेजका अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले पढाइ सँगै विद्यार्थीहरुको विविध क्षमता बिकासमा कलेजले जोड दिइरहेको जानकारी गराए । त्यस्तै कलेजका प्रबन्ध निर्देशक एवम् प्राचार्य पारस श्रेष्ठले सेन्ट्रल कलेजबाट अहिलेसम्म उत्पादन भएका जनशक्ति कोहि बेरोजगार बस्नु नपरेको बताउँदै शिक्षक, विद्यार्थी र अभिभावकहरु बिचको त्रीपक्षिय समन्वय बाट उत्कृष्ट नतिजा प्राप्त गर्न सकिएकोप्रति सन्तोष ब्यक्त गरेका थिए  ।

    कार्यक्रममा सहायक क्याम्पस प्रमुख गणेश बुढाथोकीले सेन्ट्रल कलेजले सक्षम र योग्य जनशक्ति उत्पादनका लागि सैद्धान्तिक कक्षामा मात्र नभई, व्यवहारिक र प्रयोगात्मक पक्षलाई बढी महत्व दिदै आएको दावी गरे ।

    कार्यक्रममा मिस एण्ड मिस्टर फ्रेसर प्रतियोगिता सँगसँगै विद्यार्थीहरुको गायन, नृत्य लगायत विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएको थियो ।

    पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल कलेजले लामो समयदेखि ब्यवसायीक शिक्षामा योगदान दिदै आएको छ । कलेजमा अहिले स्नातक तहमा BBA, BHM र BHCM मा विद्यार्थीहरु भर्ना भइरहेका सहायक प्राचार्य गणेश बुढाथोकीले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...