News Portal

  • भक्तपुरको बालकोटमा कुटपिटबाट युवकको मृत्यु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ मंसिर २०७८
    ११८१ पटक
    भक्तपुर, २२ मंसिर २०७८

    गएराति भक्तपुरको सूर्यविनायक नगरपालिकामा कुटपिटबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूनपा-१ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठ रहेका छन् ।

    गएराति साढे ९ बजे उनलाई बोलाएर लगेको समुहमाथि परिवारले हत्याको आरोप लगाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले दिएको जानकारी अनुसार प्रहरीले श्रेष्ठलाई राति करिब १० बजे सूनपा-२ बालकोटको बसिटोल स्थित हनुमती खोलाको फलामे पुल नजिकै बाटोमुनिबाट उद्धार गरी अस्पताल पुर्याएको थियो । उनलाई मध्यपुर अस्पतालले करिब ११:५० बजे मृत घोषित गरिदिएको उनले जानकारी दिए ।

    घटनास्थलमा महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी प्रमुख रहेका डिएसपी नरहरी रेग्मीको नेतृत्वमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली पुगी अनुसन्धान अघि बढाईएको बताइएको छ ।

    श्रोतका अनुसार आपसी लेनदेनका कारण उत्पन्न बिबाद मृत्युको कारण बन्न पुगेको छ । मृतक श्रेष्ठमाथि आक्रमणकारीले ह्याम्मर लगायतले प्रहार गर्दा मृत्यु ह्दयबिदारक बनेको बताइएको छ । मृतक श्रेष्ठ बिबाहित रहेका थिए । उनको श्रीमती र अढाई वर्षकी एक छोरी छन् । बस्तीकै बीचमा हत्याका कारण परिवार र आफन्त मात्र नभई स्थानीय समेत आतंकित बनेका देखिन्छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...