News Portal

  • बागमती प्रदेश अध्यक्षमा डिपी ढकालको दावी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ मंसिर २०७८
    ११४७ पटक
    भक्तपुर, २५ मंसिर २०७८

    नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा भक्तपुर संयोजक डिपी ढकालले दावी गरेका छन् । काठमाडौमा जारी पहिलो अधिवेशनबाट निर्वाचित हुने बागमती  प्रदेश समितिमा उनले अध्यक्ष दावी गरेका हुन् ।                                                                                                                     दोलखाका विशाल खड्का, काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री लगायत प्रदेश अध्यक्षको दौडमा रहेको समाचार सार्वजनिक भएपछि भक्तपुरको तयारीबारे बुझ्दा नेता ढकाल पनि अध्यक्षको दावेदार रहेका खुलेको हो । प्रदेश अधिवेशनमा प्रतिनिधि रहेका वाइसीएल भक्तपुर इन्चार्ज  दिनेश थपलिया आक्रोशले आफ्ना जिल्ला संयोजक ढकाल पनि ससक्त उम्मेदवार रहेको दावी गरे । प्रदेश भित्रका बहुमत जिल्ला संयोजकहरु नै ढकालको पक्षमा रहेको उनले जानकारी गराए । भक्तपुरका अर्का प्रतिनिधि सुनिल गोठे बासुले पनि ढकालको अध्यक्षमा  दावी रहेको पुष्टि गरे । “बौद्धिक एवं युवा नेता भएकाले प्रदेशको नेतृत्व दिने विषयमा  पार्टी नेतृत्व समेत सकारात्मक देखिएको छ ।” बासुले बताए ।                                                                                                                                                              माओवादीमा इलेक्सन भन्दा सेलेक्सन बिधि नै चल्ने हुँदा अध्यक्ष हुन केन्द्रीय नेतृत्वको आखामा पर्नु अनिवार्य सर्त मानिन्छ । भौतिक ब्यवस्थापनलाई बिर्सने हो भने बैचारिक र बौद्धिक क्षमता भएका ढकाल अध्यक्ष बन्नेमा कुनै दुईमत देखिदैन । केन्द्रीय सदस्य रहेका प्रदेशका बहुमत पदाधिकारी र सिनियर जिल्ला संयोजकहरु समेत  ढकालको पक्षमा रहेका अधिवेशन प्रतिनिधि युवराज आचार्यले जनाएका छन् । युवा प्रतिनिधिहरु भक्तपुरका नेता ढकाललाई अध्यक्ष दिनुपर्नेमा उत्साहित देखिएका बताउदै उनले आइतबार यसबारे अधिवेशनमा थप माहौल सृजना गर्ने तयारी रहेको बताए ।                                                                                                                                                       भक्तपुर संयोजक रहेका ढकालले भने आफ्नो उम्मेदवारी दावी बारे बताउन अस्वीकार गरे । पार्टी निर्णय र भक्तपुरको अपेक्षा अनुरुप आफू अघि बढ्ने उनले बताए । अधिवेशन प्रतिनिधिहरुको आदेश आफूले पालना गर्ने भन्दै उनले भक्तपुर माथि अन्याय नहुनेमा आफू बिस्वस्त रहेको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...