News Portal

  • विकासमा राजनीति हुनु हुँदैन : मेयर थापा

    भक्तपुरपोस्ट/संवाददाताभक्तपुर, १ पुस
    ६८९ पटक
    भक्तपुर, १ पुस

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विकासमा राजनीति हुनु नहुने बताएका छन् । राजनीतिक स्वार्थले बिबाद मात्र बढाउने भन्दै उनले विकासको विषयमा राजनीति हुनु नहुने बताएका हुन् ।

    बिहीवार कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा तथा समितिका संस्थापक स्व. रामेश्वर प्रसाद ढुंगेलको दोस्रो स्मृति दिवसको अवसरमा नगरप्रमुख थापाले राजनीतिमा प्रतिष्पर्धा र विकासमा ऐक्यवद्धताको आवश्यकता औल्याए ।

    आफ्नो कार्यकालमा नगरपालिकाले राजनीतिक अभिष्ट बाट नभई सामुहिक हितको नीति बमोजिम काम गरिरहेको जानकारी गराउदै उनले बिबादित बिषयमा नगरपालिकाले हात नहाल्ने समेत बताए ।

    नगरपालिकाले कटुञ्जे खानेपानीको पाइप लाइन बिस्तारका लागि समितिलाई ४० लाख प्रदान गर्ने प्रमुख थापाले प्रतिवद्धता समेत प्रकट गरे ।

    उक्त अवसरमा कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका संस्थापक उपाध्यक्ष समेत रहेका नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कटुञ्जेको लिफ्ट प्रविधिको खानेपानी योजना उपत्यकाकै नमूनाको रुपमा रहेकोप्रति सन्तोष व्यक्त गरे । कटुञ्जे वासीको माग अनुसार पानी वितरण गर्न समितिले पानीको थप स्रोतको पहिचान गरी योजना बिस्तार गर्नुपर्नेमा थापाले जोड दिए ।

    विकास वादीका नाममा भक्तपुरमा एउटै योजनाको पटक पटक शिलान्यास र उद्घाटन गर्ने विकृति देखिएको भन्दै सभापति थापाले यस्ता विकृति र विसंगतीको कांग्रेसले भण्डाफोर गर्ने बताए ।

    सो अवसरमा सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष राजकुमार जोशीले खानेपानीको बढ्दो मागलाई व्यवस्थित गर्न समयानुकुल पाइपलाइन बिस्तार र खानेपानीको स्रोतको सुनिश्चिततामा वडाले ध्यान दिइरहेको दावी गरे खानेपानी जस्तो अति आवश्यक वस्तुमा राजनीति घुसाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

    समितिका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिका सभापति निशान ढुंगेलले आफु अध्यक्ष हुँदा समितिमा कुनै आर्थिक अनियमितता नभएको प्रष्ट पारे । निस्वार्थ समाज सेवामा रहेकालाई स्वार्थी समुहले बद्नाम गरी निरुत्साहित गर्ने योजना बुनेको बताउदै त्यसबाट आफूहरु बिचलित नबन्ने उनले उद्घोष गरे।

    कार्यक्रममा समितिका अध्यक्ष श्रीकृष्ण बासुले समितिको प्रगती विवरण प्रस्तुत गर्दै बढ्दो शहरीकरण र आवादीले उपभोक्ताको माग अनुसार धारा वितरण गर्न समस्या भएको खुलासा गरे । समितिले हालसम्म पाँच वटा बोरिङबाट उत्पादित पानी २ हजार ५ सय धारा मार्फत उपभोक्ताहरुलाई वितरण गर्दै आइरहेको तर अझै धारा जडानको माग अत्याधिक रहेको उनले जानकारी गराए ।

    कार्यक्रममा समितिका उपाध्यक्ष सानुकाजी गोराजु,सचिव अनिल गुमान्जु,कोषाध्यक्ष कमलप्रसाद तिमल्सिनाले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरु अधिवेशनबाट पारित भएको र संशोधित विधान समेत पारित गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...