News Portal

  • माओवादी केन्द्रको सम्मेलनमा सहभागी हुने प्रतिनिधि संख्या सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ पुस २०७८
    ७७९ पटक
    भक्तपुर, ७ पुस २०७८

    सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन शुरु हुन केहि दिन मात्र बाँकी रहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पुस ११ देखि १३ सम्मका लागि तय भएको सम्मेलनलाई सबैले चासोका साथ् हेरेका छन् ।

    माओवादी केन्द्रले आफ्नो सम्मेलनमा सहभागी हुने प्रतिनिधि संख्या सार्वजनिक गरेको छ । बुधवार पार्टी प्रवक्ता कृष्ण बहादुर महाराले सो संख्या सार्वजनिक गरेका हुन् । सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने पार्टी प्रवक्ता महराले पार्टी मुख्यालय पेरिस डाडामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन ।

    ७ भौगोलिक र ३ गैर भौगोलिक गरी १० प्रदेशबाट ८ सय ३ जनासहित जम्मा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने उनले जानकारी गराए ।

    माओवादी केन्द्रले १५ सय सदस्य बराबर एकजना सम्मेलन प्रतिनिधि चयनको व्यवस्था गरेको बताइएको छ ।

    सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । नयाँ क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी निर्माणका लागि राष्ट्रिय सम्मेलन भन्ने नारा दिईएकोले राष्ट्रिय सम्मेलनमा पार्टीले भोगेका तमाम विषयमाथि गम्भीर समीक्षा हुने र पार्टीले नयाँ गति लिने प्रवक्ता महराले बताए ।

    क्रान्तिकारी विचारका लागि बैचारिक धार बनाउन सम्मेलन आयोजना गरिएको भनिएतापति यसले अध्यक्ष बाहेक अन्य पदहरु पूर्ती गर्ने समेत उदेश्य रहेको श्रोतले जनाएको छ । अध्यक्षमा प्रचण्डको बिकल्प नदेखिएको माओवादी केन्द्रमा महासचिव र उपाध्यक्ष लगायतका पदहरुमा भने ठुलो रस्साकस्सी रहेको र सम्मेलनले त्यसको छिनोफानो गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...