News Portal

  • प्रचण्डलाई मात्रिकाको प्रश्न : छोड्छु भनेर धर पाइन्छ ?

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ पुस २०७८
    ९७० पटक
    भक्तपुर, ११ पुस २०७८

    नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले पार्टीको नेतृत्व छोड्छु भनेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुख नपाउने बताएका छन् ।

    आइतबार पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले प्रचण्डले क्रान्तिलाई बीचैमा छाडेर हिँड्न नमिल्ने टिप्पणी गरेका हुन् ।

    ‘अध्यक्षज्यूलाई पत्रकारले सोधेपछि, उहाँ पनि भन्नुहुन्छ मलाई त छोड्न मन थियो, आत्मकथा लेख्न मन थियो’ उनले भने, ‘यसो भनेर धर पाइन्छ ? पाइँदैन । क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र ? अवसरवादी मात्र जान्छ ।’

    युवालाई नेतृत्वमा ल्याउनुपर्छ भन्नु पुँजीवादी शैली भएको नेता यादवले बताएका छन । ‘यो त पुँजीवादी शैली हो, स्थापित लिडरलाई पाखा लगाइदिने, केही नजान्नेलाई नेता बनाइदिने’ उनले भने । माओले पनि क्रान्तकारी त्यो हुन्छ, जो जीवनको अन्तिमसम्म लड्छ भनेको पनि नेता यादवले बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...