News Portal

  • राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा शर्माद्वारा पदबहाली

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ पुस २०७८
    १३३६ पटक
    भक्तपुर, १२ पुस २०७८

    राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर महाश्रम शर्माले पदबहाली गरेका छन् । सोमबार सानोठिमीस्थित बोर्डको कार्यालयमा उनको पदबहाली भएको हो ।

    mahashram sharma

    पदबहालीका लागि परीक्षा बोर्ड पुगेका अध्यक्ष डा शर्मालाई सदस्य सचिव दुर्गाप्रसाद अर्यालको नेतृत्वमा कर्मचारीहरुले स्वागत गरेका थिए ।                                                              पदबहाली लगत्तै आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा शर्माले बोर्डको कामलाई परीक्षाको औपचारिकतामा मात्र सीमित गर्नु नहुने  बताए । बोर्डलाई  विश्वका राम्रा परीक्षा बोर्डहरुको सूचीमा दर्ज गराउनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष डा शर्माले आफ्नो कार्यकाल सोही लक्षमा केन्द्रित रहने उद्घोष गरे । सामुहिकतामा बल भएको बताउदै उनले सबै कर्मचारीलाई आ आफ्नो कर्तब्य पालना गर्न निर्देशन दिनुका साथै आफू सधै कर्मचारीहरुको वृत्ति विकासको पक्षमा रहने प्रतिवद्धता प्रकट गरे ।

    उक्त अवसरमा सदस्य सचिव दुर्गाप्रसाद अर्याल, निर्देशक जंगबहादुर अर्याल, नेराकस परीक्षा बोर्डका केन्द्रीय अध्यक्ष प्रकाश अवाले, कर्मचारी युनियनका अध्यक्ष राजु ओलिया र कर्मचारी संघका अध्यक्ष नरेन्द्र ढकालले बोर्डको नेतृत्वमा शिक्षा बुझेका पूर्व सचिव शर्माको आगमनले उत्साह मिलेको बताउदै उनको अनुभवले बोर्डको प्रगती हुने बिश्वास ब्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...