News Portal

  • प्रा.डा. आस्माको अध्यक्षतामा पेसोनमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ पुस २०७८
    ५५७ पटक
    भक्तपुर, १५ पुस २०७८

    नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज पेसोन (पेरिनेटल सोसाईटी अफ नेपाल)ले प्रा.डा.आस्मा राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सांग्रिला ब्ल्यू होटल ललितपुरमा सम्पन्न साधारण सभाबाट प्रा.डा.आस्मा राणाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

    कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रा.डा.सुनिलराजा मानन्धर,उपाध्यक्षमा डा.शुशिला श्रेष्ठ, महासचिब डा.बिना बस्न्यात, कोषाध्यक्ष सुश्री मिना शर्मा, सह–सचिव प्रा.डा.दिपेश्वरा नेपाल, सह–कोषाध्यक्षमा डा.शैलेन्द्रबीर कर्माचार्य चयन भएका निवर्तमान अध्यक्ष डा.बिनोदलाल बज्राचार्यले बताए ।

    त्यसैगरी नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा प्रा.डा. कल्पना उपाध्याय सुवेदी, डा.उषा खांड श्रेष्ठ, सुश्री सूर्य कमल शाही, डा.टेकेन्द्र कार्की र ज्योति श्रेष्ठ रहेका बताइएको छ ।

    गर्भवती महिला तथा नवजात शिशु तथा बाल स्वास्थ्य सम्बन्धि समस्याहरु समाधान गरी मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्य लिई स्थापना भएको सो संस्थामा बरिष्ठ बालरोग विशेषज्ञ,बरिष्ठ स्त्रीरोग बिशेषज्ञ लगायत चिकित्सक नर्सहरु संलग्न रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...