News Portal

  • मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार बल्ललाई

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ पुस २०७८
    ४३७ पटक
    भक्तपुर, २४ पुस २०७८

    नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले प्रदान गर्दै आएको मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मोहन बल्ल पुरस्कृत भएका छन् । आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर शाखाले उनलाई शुक्रबार सो पुरस्कार प्रदान गरेको हो ।

    मध्यपुरथिमिको यचु पार्टी भेन्यूमा आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रमका बीच पत्रकार बल्ललाई मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी रु २ हजार ५ सय रहेको छ ।

    भक्तपुर शाखाका सदस्य पत्रकार बल्ल इमेज च्यानल संग आवद्ध छन् । बिभिन्न सञ्चार माध्यममा भक्तपुर रिपोर्ट्र रही सकेका बल्ल अहिले इमेजखबर डट्कमका डेस्क सम्पादक रहेका छन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव एवम् भक्तपुर शाखाका पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बु, भक्तपुर अध्यक्ष जगत कृष्ण प्रजापति र पुरस्कारदाता नारायण भक्त शिल्पकारले पुरस्कृत बल्ललाई  नगद,माला,खादा र प्रमाणपत्रले सम्मान प्रदान गरेका थिए ।

    उक्त पुरस्कारका सस्थापक नारायण भक्त शिल्पकारले महिला पत्रकारका लागि अर्को एक पुरस्कारको घोषणा समेत गरे ।

    अध्यक्ष प्रजापतिको सभापतित्व एवं सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा संचालित कार्यक्रममा बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटा, भक्तपुर सिडिओ रुद्रादेवी शर्मा,पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईं, केन्द्रीय सदस्यद्वय शन्तराम बिडारी र ज्ञान पौडेल,लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदर दवाडी, नेपाली कांग्रेस सूर्यविनायकका सभापति निशान ढुङ्गेल, पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष सृजन झा,उपाध्यक्ष रोजिना थापा, महासचिव टेनिस रोका, सचिव अमर भुजू लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शाखाका सस्थापक अध्यक्ष रमेश खड्काले शाखा स्थापनाको अनुभव बाढ्दै सबै मिलेर भक्तपुर शाखालाई नमूना बनाएर अघि बढ्नुपर्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...