News Portal

  • सुवर्णेश्वरस्थित आश्रमको सत्तल उद्घाटन, धर्म कानुन भएकोले मान्नुपर्ने मेयर थापाको भनाइ

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २६ पुस २०७८
    ७७८ पटक
    भक्तपुर, २६ पुस २०७८

    सूर्यविनायक – ५ सुवर्णेश्वरस्थित सुवर्णेश्वर संरक्षण मोक्षद्वारी सन्यास आश्रमको हाताभित्र नवनिर्मित सत्तल भवनको उद्घाटन गरिएको छ । आइतबार नगर प्रमुख बासुदेव थापाले उक्त सत्तल भवनको उद्घाटन गरेका हुन् ।            उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले धर्म भनेको उतीबेलाको कानुन भएको बताए । मानिसले गर्नपर्ने र गर्न नहुने नियममा बाध्ने धर्म यतिबेला पनि सान्दर्भिक नै भएको उनको भनाइ छ । सबै धर्मले मानिसलाई संस्कारी बनाउन सिकाउने हुनाले धर्म मान्नुपर्नेमा उनले जोड दिए । यसले धार्मिक सास्कृतिक इतिहास कायम हुने उनको तर्क रहेको छ ।

    नगर प्रमुख थापाले अझै स्थानीय सरकारको कार्यकाल ४ महिना रहेको भन्दै यो अवधीमा अझ बिकासका काममा तिब्रता दिइने दावी गरे । ” एक दिन बाकी रहदा सम्म पनि राम्रो काम गरिरहन्छौ ।” उनले उद्घोष गरे ।

    कार्यक्रममा उनले आफूलाई सबै नगरबासीको साथ रहेको जिकिर गर्दै राजनीतिमा प्रतिस्पर्धा हुने भएपनि बिकासनिर्माणमा कसैले बिरोध गर्न नहुने र सबैको ऐक्यबद्धता हुनुपर्ने बताए  ।      कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले सुवर्णेश्वर आफ्नो वडाको पर्यटकीय गन्तब्य समेत भएको भन्दै वडाले यसको बिकासमा सधै सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।                                               

     स्थानीय समाजसेवी एवम् आश्रम संचालन समितिका अध्यक्ष  मुकुन्दप्रसाद लुइँटेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन पूर्व एसएसपी समेत रहेका समितिका सचिव दमन थापाले गरेका थिए ।

     उक्त अवसरमा निर्माण समितिका अध्यक्ष न्हुछेरत्न खाइतुले उक्त सत्तल निर्माणमा ६९ लाख१८ हजार २ सय१ रुपैया खर्च भएको बताए । उनले सत्तल निर्माण प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

    सत्तल निर्माण खर्च चन्दादाता र नगरपालिकाको सहयोग बाट प्राप्त भएको सचिव दमन थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...