News Portal

  • ट्याटु खोपाउन पालो कुरिरहेका ३३ वर्षीय युवकको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ पुस २०७८
    ५३९ पटक
    भक्तपुर, २९ पुस २०७८

    ट्याटु खोपाउन पालो कुरिरहेको अवस्थामा बेहोस भएका एक युवकको ज्यान गएको छ । उनी मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थली घर भई कोटेश्वर बस्ने बिराज खड्का भएको प्रहरीले बताएको हो ।

    बुधवार राति साढे नौं बजे लोकन्थली मनहरास्थित आँखा अस्पताल नजिक आरुष मल्लले संचालन गरेको INK ट्याटुमा उनी ट्याटु खोपाउन पुगेका पाइएको डिएसपी राजु पाण्डेले जनाएका छन् । ट्याटु खोपाउन पालो कुरेर बसिरहेको ३३ वर्षीय खड्का अचानक बेहोस भएका र उपचारको क्रममा सिनामंगलस्थित के.एम.सी. अस्पतालमा बिहीवार करिब १२ बजेको समयमा उनको मृत्यु भएको डिएसपी पाण्डेले पुष्टि गरेका छन् ।

    घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...