News Portal

  • बिना सूचना कटुञ्जे स्वास्थ्य चौकीमा कोरोना विरुद्ध खोप लिनेको भीड, कसरी छुटे सयौं मानिस

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ३० पुस २०७८
    ७११ पटक
    katunje healthpostभक्तपुर, ३० पुस २०७८

    कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन् । पटक पटक खोप अभियान चलिसक्दा पनि खोप नलगाएका सयौं मानिसहरु एक्कासी आइपुगेपछि उनीहरु छक्क परेका हुन् ।

    शुक्रवार कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु बिहानै देखि लाइन लागेपछि जनस्वास्थ्य कार्यालय संग समन्वय गरी खोप प्रदान गरिएको स्वास्थ्य चौकीका बरिष्ठ स्वास्थ्यकर्मी कृष्णप्रसाद अधिकारीले जनाएका छन् । आफूहरुले खोप संचालन गरिने कहिकतै सार्वजनिक सूचना वा जानकारी नगराएको बताउदै अधिकारीले शुक्रवार स्वत मानिसहरु स्वास्थ्यचौकीमा खोपको लागि लाइन लागेपछि अचम्मीत भएको प्रतिक्रिया दिए । उनले शुक्रवार बिना तयारी ३ सय बढी मानिसहरुलाई कोभिड विरुद्धको चिनिया खोप भेरोसेल लगाउनु परेको बताए ।

    bhaktapurpost

    सरकारले स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने भनिएपनि त्यो नभइराखेको अवस्थामा अझै ठुलो संख्यामा सर्वसाधारण मानिसहरु खोपबाट बन्चित भएका शुक्रवारको भीडले देखाएको स्थानीय समाजसेवी एवं बरिष्ठ पत्रकार रमेश खड्काले बताए । मानिसहरु अझै पनि खोपबाट बन्चित रहेका देखिएकोले सेवा प्रवाहमा खोप कार्ड अनिवार्य भन्ने कुरा सम्भव नहुने उनको तर्क छ ।

    स्वास्थ्य चौकीका अध्यक्ष एवं वडाध्यक्ष  राजकुमार जोशीले भने मानिसहरुले खोप नपाएको नभई खोप कार्ड हराएको हुनाले कार्ड अनिवार्य हुने कुरा सुनेर कार्डका लागि खोप लगाउन आएका हुनसक्ने आशंका गरेका छन् । बाहिरबाट यहाँ डेरामा बस्न आएकाहरु खोप लगाउन आउँदा भीड बढेको उनले दावी गरे ।  स्वास्थ्य चौकीले भने शुक्रवार ठुलो संख्या उपस्थित भएकोले खोप लगाउन बाध्य भएको भन्दै स्वास्थ्य चौकीमा खोप नभएकोले अब लगाउन नसकिने जानकारी गराएको छ ।

    मानिसहरु बास्तवमै खोपबाट बन्चित भएका हुन् भने सोको चित्तबुझ्दो कारणसहित आएमा खोप उपलब्ध गराउनुपर्ने सत्तारुढ दल नेपाली काँग्रेसका सूर्यविनायक नगर सभापति निशान ढुंगेलले बताए । नगरपालिकामा कति मानिस खोपबाट बन्चित छन् र किन बन्चित भए भन्ने जवाफ नगरपालिकाले दिनुपर्ने उनको भनाइ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...