News Portal

  • खुम्चियो एमाले

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ २०७८
    ६४७ पटक
    भक्तपुर, १२ माघ २०७८

    राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो ।

    राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक–एक सिट थपेका छन् ।

    २४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ । सत्तागठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनर्मोचा (राजमो)सँगको प्रतिष्पर्धामा एमालेले सात सिट गुमाएको छ ।

    राष्ट्रियसभामा एमालेका ८, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४/४ र कांग्रेसको ३ गरी १९ सांसदले ४ वर्षे अवधि पुगेर बिदा लिएपछि बुधबार निर्वाचन भएको हो ।

    कहाँ को-को विजयी

    प्रदेश १ मा गठबन्धनभन्दा १४४ मत बढी रहेको एमालेले एक सिटमात्र जित्यो । महिला, खुला र अपांगता भएका वा अल्पसंख्यक गरी तीन क्लस्टरमध्ये अल्पसंख्यक कोटामा एमाले उमेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भए ।

    उनले गठबन्धनकोतर्फबाट जसपाका उमेदवार हेमराज राईलाई पराजित गरे । शेर्पाले ४ हजार ७५२ मत ल्याउँदा गठबन्धनका राईले ४ हजार ३६८ मतभार प्राप्त गरेका थिए ।

    खुलामा गठबन्धनकै गोपालकुमार बस्नेत निर्वाचित भए । बराबर मत ल्याएका नेपाली कांग्रेसका बस्नेतले एमालेका गुरु बराललाई लक्की ड्रमा पराजित गरे । दुवैले ४ हजार ४८८ मतभार प्राप्त गरे ।

    महिलातर्फ (एकीकृत समाजवादी)की उमेदवार जयन्ती राई निर्वाचित भइन् । उनले एमालेको तर्फबाट उमेदवार बनेकी सुमित्रादेवी भण्डारीलाई पराजित गरिन् ।

    त्यसैगरी मधेश प्रदेशमा महिलातर्फ गबठन्धनकी उर्मिला अर्याल निर्वाचित भइन । नेकपा माओवादीकी अर्यालले लोसपाकी रूपाकुमारी यादवलाई पराजित गरिन् ।

    त्यस्तै खुलातर्फ गठबन्धनका मोहमद खालिद सिद्दिकी विजयी भए । जसपाका खालिदले एमालेका उसमान अन्सारीलाई पराजित गरेका हुन् ।

    वागमती प्रदेशमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना निर्वाचित भइन । वागमतीमा गठबन्धन, एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका उमेदवारी चुनावी मैदानमा होमिएका थिए ।

    खुलातर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भए ।

    गण्डकीमा महिलातर्फ गठबन्धनका उमेदवार कमला पन्त विजयी भइन । पन्तले एमालेकी उमेदवार लीला पोखरेल थनेतलाई पराजित गरिन ।

    दलिततर्फ गठबन्धनबाट माओवादीका भुवनबहादुर सुनार र खुलामा माओवादीकै सुरेशकुमार आलेमगर विजयी भए ।

    त्यसैगरी लुम्बिनीमा पनि गठबन्धनका उमेदवार नै विजयी भएका छन् । महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मीदेवी गैरे विजयी भइन् । दतिलतर्फ राष्ट्रिय जनमोर्चा (राजमो) का तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

    त्यस्तै कांग्रेसका युवराज शर्मा निर्वाचित भएका छन् ।

    कर्णालीमा महिलातर्फ कांग्रेसकी दुर्गा गुरुङ तथा अपांगता भएका व्यक्ति तथा अल्पसंख्यकतर्फ माओवादीका नरबहादुर विष्ट विजयी भए ।

    सुदूरपश्चिममा दलिततर्फ माओवादी केन्द्रका जगतबहादुर पार्की र खुलामा कांग्रेसका नारायणप्रसाद मिश्र निर्वाचित भए ।

    प्रतिकृया दिनुहोस्

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...