News Portal

  • भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ २०७८
    ७०२ पटक
    bhaktapur postभक्तपुर, १२ माघ २०७८

    अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी र रामेछापको वार्षिक जनसङ्ख्या वृद्धिदर सबैभन्दा कम रहेको पाइएको छ ।

    राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार भक्तपुरमा जनसङ्ख्या वृद्धिदर ३.३२ प्रतिशत देखिएको छ । यो वृद्धिदर सबै जिल्ला मध्ये सर्वाधिक रहेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको हो ।भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ । भक्तपुरपछि सबैभन्दा धेरै जनसंख्या बृद्धिदर भएका अन्य ४ जिल्लामा रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला रहेका छन् । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी (१.८० प्रतिशत) वार्षिक जनसंख्या बृद्धिदर देखिन्छ ।

    सबैभन्दा कम वृद्धिदर भने रामेछापमा रहेको छ । यहाँ १.६५ प्रतिशत जनसङ्ख्या वृद्धिदर रहेको छ । सवैभन्दा कम जनसंख्या बृद्धि हुने अन्य ४ जिल्लामा खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम जिल्ला रहेका छन् ।

    प्रारम्भिक विवरण अनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । यो वृद्धिदर ८० वर्ष यताकै कम हो । अघिल्लो जनगणनामा नेपालमा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेको थियो। तथ्यांक विभागका अनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको छ ।

    नयाँ जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

    केन्द्रीय तथ्यांक विभागले एक महिनाअघि सम्पन्न १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...