News Portal

  • भक्तपुर भयो जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ २०७८
    १३६५ पटक
    भक्तपुर, १२ माघ २०७८

    जनघनत्वको आधारमा भक्तपुर देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको छ । काठमाडौ पछि भक्तपुर जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको हो ।भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ । भक्तपुर भित्र सूर्यविनायक नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखिन्छ ।

    राष्ट्रिय जनगणना – २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५,१०८ जना प्रति वर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ ।

    जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन् ।

    मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा १० भन्दा कम जनघनत्व रहेको छ ।

    तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६) र पहाडमा रुकुम पूर्व (३५) पर्दछन् ।

    २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो ।

    भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको छ ।

    २०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको थियो।

    प्रदेशहरु मध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६३६ जना प्रति वर्ग कि.मि.मा बसोवास गरेको देखिन्छ जुन २०६८ मा ५६१ रहेको थियो ।

    हाल सबैभन्दा कम कर्णाली प्रदेशमा ६१ जना प्रति वर्ग कि.मि. मा बसोवास गरेको देखिन्छ ।

    दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशमा बागमती र लुम्बिनी प्रदेश रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...