News Portal

  • स्थानीयले पुनःनिर्माण गरे भिमसेन मन्दिर

    भक्तपुरपोस्ट संवाददाता माघ २३, ललितपुर २०७८
    ६८९ पटक
    माघ २३, ललितपुर २०७८

    पाटन दरबार क्षेत्रस्थित विश्व सम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति मार्फत मन्दिर पुनःनिर्माण कार्यले पूर्णता पाएको हो।

    सो मन्दिर समुदायको अगुवाईमा पुनःनिर्माण भएको पाटन दरबार क्षेत्रको पहिलो मन्दिर बन्न पुगेको छ । त्यति मात्र नभई पुनःनिर्माणमा लागेको कूल लागत मध्ये समुदायकै बढी हिस्सा ओगटिएको छ ।

    मन्दिर पुनःनिर्माणमा ४ करोड ९३ लाख रकम खर्च भएको समितिले जनाएको छ। पुनःनिर्माणको लागि एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले १ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ प्रदान गरेका थिए । त्यसैगरी ललितपुर महानगरपालिकाबाट १ करोड रुपैयाँ, ललिपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसाल र क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र वाग्मती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्यको सांसद् विकास कोषबाट आर्थिक सहयोग उपलब्ध गराइएको थियो।बाँकी विभिन्न मनकारीहरुबाट रकम जुटाइएको अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए ।

    pampha

    मन्दिर पुनःनिर्माणमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) को प्राविधिक सहयोग रहेको छ । मन्दिर पुनःनिर्माण कार्य २०७५ माघ ७ गते शुरु गरिएको थियो ।बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त दरबार क्षेत्रका मन्दिरहरु मध्ये भिमसेन मन्दिर समुदायले अपनत्व गरी पुनःनिर्माण थालेको पहिलो मन्दिर रहेको समितिका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।

    मन्दिर पुनःनिर्माणले समितिले अघि सारेको हाम्रो सम्पदा, हामी आफै बनाऔं भन्ने नारा व्यवहारतः स्थापित भएको पनि समितिका अध्यक्ष महर्जनको भनाई रहेको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएको अवसरमा शनिबार धार्मिक पुजाको आयोजना गरिएको थियो । भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा कृष्णमन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर मणिमण्डपका दुई पाटी, कृष्णमन्दिरको पुनःनिर्माणको कार्य सम्पन्न भइसकेको छ।ती मन्दिरहरुको काठमाडौं उपत्यका संरक्षण कोष ‘केभिपिटी’ ले विभिन्न दातृ निकाय, राजदूतावासको सहयोगमा पुनःनिर्माण गरेको थियो ।

    मन्दिर पुनःनिर्माणले सम्पदा पुनःनिर्माणमा स्थानीयको भूमिकाको रोल मोडेल स्थापित गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको भनाई रहेको छ संघले ‘ सीड मनी ’ को रुपमा १० लाख रुपैयाँ राखेर पुनःनिर्माण कार्य शुरु गरिएको थियो।निर्माण कार्यसंगै मनकारीहरुको सहयोग मिल्दै गएको पनि समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...