News Portal

  • माओवादीको जनअदालत एमालेले चलाउने अध्यक्ष ओलीको उद्घोष

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ फागुन २०७८
    ४७४ पटक
    भक्तपुर, ७ फागुन २०७८

    प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जनअदालत चलाउने उद्घोष गरेका छन् । सर्वोच्च अदालतको सट्टा जनदालत चलाउने उनले उद्घोष गरेका हुन् ।                                                                     शनिबार जगातीमा सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने” पहिले माओवादीले दुईचार जना राखेर जनअदालत चलाउथ्यो । अब हामी ३ करोड जनता राखेर जनअदालत चलाउछौ ।”सर्बोच्च अदालतले आफ्नो सरकार ढालिदिएको भन्दै आक्रोशित पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकार अगतिलो भएको समेत आरोप लगाए । त्यतिमात्र होइन, उनले वर्तमान गठबन्धनलाई गिद्धको संज्ञा दिदै सत्तोसराप समेत गरे । ” धुरीमा एउटा गिद्ध बस्दा त अशुभ हुन्छ, यहाँ त ५ वटा गिद्ध बसेका छन् ।” उनले भने ।                                                                              अध्यक्ष ओलीले वर्तमान सरकारको आयू बढीमा एक वर्षको भएको भन्दै गठबन्धल लाई पानी मुनी गएपनि नछाड्ने र बच्न नदिने बताए । आगामी सरकार एमालेको सरकार बन्ने उनको दावी छ ।                                                            कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य एवम सांसद महेश बस्नेतले आफ्ना अध्यक्ष ओली सिंह भएको भन्दै उनी जहाँ हुन्छन् त्यही सिंहदरबार हुने जिकिर गरे । बालकोट बाट ओलीलाई बार्दलीमा पुर्याए भनेर रमाउनेहरु अहिले बाल्कोट धाउनुपर्ने अवस्था आएको भन्दै उनले ओली राजनीतिको मियो भएको बताए ।                                                                                   उक्त अवसरमा जिसस प्रमुख नवराज गेलाल, चागुनारायणका मेयर सोमप्रसाद मिश्र, मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायकका मेयर बासुदेव थापा, एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, बागमती प्रदेश सभा सदस्य शशिजङ्ग थापा लगायतले भक्तपुरको बिकाश निर्माण र एमालेको योगदान बारे चर्चा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...