News Portal

  • बल्ल ब्युँझिदै एमाले : एमसीसीबारे अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १७ फागुन २०७८
    ९३१ पटक
    भक्तपुर, १७ फागुन २०७८

    प्रतिनिधि सभाबाट पारित भइसकेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले रोयल ब्याङ्क्वेट तीनकुनेमा पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गर्ने भएको हो ।

    पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न मंगलवार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन राखिएको प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले बताए । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसी बारे एमालेको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।  भक्तपुरको गठ्ठाघरमा गर्न तयारी गरिएको पत्रकार सम्मेलन काठमाडौको तीनकुने स्थित रोयल ब्याङ्क्वेटमा सारिएको छ ।                                                                                                                                प्रमुख प्रतिपक्षी दल भएर पनि एमसीसी जस्तो संवेदनशील विषयमा मौनता साधेपछि जनस्तरबाट एमालेको आलोचना भएको छ भने कार्यकर्ता निराश बनेका छन् । एमसीसी पारित भएपछि बल्ल प्रमुख प्रतिपक्षी दलले धारणा सार्वजनिक गर्न थालेको भन्दै मानिसहरुले बल्ल एमाले  ब्युँझिएको भन्दै व्यंग्य समेत गरेका छन् ।

    सच्याइएको : पत्रकार सम्मेलन स्थल रोयल ब्याङ्क्वेट तीनकुने हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...