News Portal

  • कटुन्जेमा सोमबार नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ फागुन २०७८
    ११०९ पटक
    nishan dhungelभक्तपुर, २२ फागुन २०७८

    सूर्यविनायक ५ सृजनानगर, कटुन्जेमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । सोमबार बिहान १० बजेदेखि शिविर संचालन हुन लागेको हो ।

    नेपाली काँग्रेस सूर्यविनायक नगर कार्यसमितिको आयोजनामा संचालन हुने उक्त स्वास्थ्य शिविर पार्टीको सृजनानगर, कटुन्जेस्थित कार्यालयसंगै संचालन गरिने जानकारी प्राप्त भएको छ । शिविरमा मुटु तथा कलेजो रोग सम्बन्धी निशुल्क परीक्षण र उपचार गरिने बताइएको छ । समयमै सावधानी नअपनाउदा भयावह बन्ने मुटु र कलेजो रोगबारे जनचेतना जगाउन र स्थानीय जनतालाई आफ्नै दैलोमा स्वास्थ्य परीक्षण र निशुल्क उपचारको अवसर दिलाउन स्वास्थ्य शिविर आयोजना गरिएको आयोजक नेपाली काँग्रेस सूर्यविनायक नगर कार्यसमितिका सभापति निशान ढुंगेलले जानकारी दिए ।

    सभापति ढुंगेलका अनुसार शिविरमा मुटु र कलेजोको अवस्थाबारे स्वास्थ्य जांच गरिने प्रवन्ध मिलाइएको छ । शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका दक्ष चिकिसक सहितको टोलीले उक्त सेवा दिने उनले बताए । शिविर दिउसो ३ बजे सम्म रहने बताउदै सभापति ढुंगेलले आम स्थानीयलाई स्वास्थ्य शिविरमा आई सेवा लिन र आफ्नो स्वास्थ्यको रक्षा गर्न आग्रह समेत गरेका छन् । थप जानकारीका लागि उनले आफ्नो मोबाइल नम्बर ९८५ ११९४३०४ सार्वजनिक गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...