News Portal

  • भक्तपुरका थापा सहसचिव बन्न सफल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ चैत २०७८
    २०३४ पटक
    shyam krishna thapaभक्तपुर, ८ चैत २०७८

    भक्तपुरका श्यामकृष्ण थापा निजामती प्रशासनमा सहसचिव बन्न सफल भएका छन् । लोकसेवा आयोगको मंगलवार प्रकाशित अन्तिम नतिजा अनुसार थापा सहसचिव बन्न सफल भएका हुन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० स्थायी घर भएका थापा सानोठिमी स्थित चिकित्सा शिक्षा आयोगमा कार्यरत छन् । समावेशी कोटा अन्तर्गत १ सहसचिव पदका लागि भएको लिखित परीक्षामा उनीसहित ३ जनाले नाम निकालेका भएपनि अन्तिम नतिजामा थापालाई सिफारिस गरिएको लोकसेवा आयोगले पुष्टि गरेको छ ।

    उक्त पदमा पाल्पाका बाबुराम अर्याल बैकल्पिक उम्मेदवार रहेका छन् । सच्याइएको : चिकित्सा शिक्षा आयोग हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...