News Portal

  • दुवाकोट निवासी प्रगतिशील कथाकार दहालको नयाँ कथा संग्रह प्रकाशित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० चैत २०७८
    १०५५ पटक
    rohit dahalभक्तपुर, २० चैत २०७८

    प्रगतिशील साहित्यको क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाइसकेका युवा कथाकार रोहित दहालको छैठौं कृती प्रकाशित भएको छ । भक्तपुरको दुवाकोट निवासी प्रगतिशील कथाकार दहालको नयाँ पुस्तक ‘धरातलबाट उठेर हेर्दा’ कथा संग्रह प्रकाशित भएको हो ।

    कथा संग्रह ‘धरातलबाट उठेर हेर्दा’मा ९ वटा प्रगतिशील कथाहरु संग्रहित छन् । सरल भाषामा जनताको ब्यथा बोल्ने यी कथाहरुले समाजको यथार्थ तस्विर पेश गरेकाले कथामा कल्पना कम र बास्तविकता बढी भएको प्रकाशकको भनाइ छ । कथा संग्रहलाई सिकाइ मासिकले प्रकाशन गरेको हो । उक्त कथा संग्रह १३४ पेजको रहेको छ भने बजार मूल्य २ सय ५० रुपियाँ रहेको सिकाइ मासिकका निर्देशक रमेश दाहालले जानकारी दिए ।

    कथाकार दहालले यस अघि इस्पातले बनेका मान्छेहरु, पैतालाले थिचेको देवता, विष्णुका अवतार-मार्क्सबादी विश्लेषण लगायत पुस्तक प्रकाशन गरिसकेका छन् । ग्रामिण विकाश र अर्थशास्त्रमा स्नातकोत्तर गरेका दुवाकोट निवासी लेखक दहाल सानोठिमीस्थित सिटिइभिटिका उपनिर्देशक समेत हुन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...