News Portal

  • रथले किच्दा बिस्का: जात्रा हेर्दै गरेका ७१ वर्षिय कस्पालको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ बैशाख २०७९
    १५६६ पटक
    भक्तपुर, ५ बैशाख २०७९

    बिस्का: जात्राको अन्तिम दिन आज भैरवनाथको रथले किचेर एक वृद्धको ज्यान गएको छ । सोमबार साँझ रथले किच्दा उनको ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका डिएसपी राजु पाण्डेले पुष्टि  गरेका छन् । जात्रा हेर्दै गरेका कसपाललाई गहिटीबाट बंशगोपाल तर्फ गैरहेको रथले नासमनामा पुग्दा किचेको थियो ।

    रथ तान्ने क्रममा बाङ्गिएर आएपछि जात्रा हेर्दै गरेका कसपाललाई रथको पाङ्ग्राले किचेको एक प्रत्यक्षदर्शीले भक्तपुर पोस्टलाई बताए । कसपालको कम्मरमा गम्भीर चोट लागेको थियो । करिब छ बजे रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको साँझ करिब साढे ६ बजेको समयमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...