News Portal

  • शिक्षामा बजेट बढाउन आग्रह, अर्थमन्त्रीले दिए यस्तो सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ बैशाख २०७९
    ९१५ पटक
    janardanभक्तपुर, ११ बैशाख २०७९

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष उनले उक्त आग्रह गरेका हुन् ।

    आगामी आर्थिक वर्ष २०७९।८० को वार्षिक बजेट तथा कार्यक्रम माथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका उनका प्रेस संयोजक बिमल खड्काले बताए ।

    कूल बजेटको कम्तिमा २० प्रतिशत बजेट शिक्षामा लगानी हुनुपर्ने मन्त्री पौडेलले माग गरेका बताइएको छ । संविधानको कार्यान्वयनका लागि पनि बजेट बढाउनुपर्ने उनले आवश्यकता औल्याएका छन् ।’

    डाक्टर पढ्न बिदेश जाने विद्याथीरूलाई नेपालमै पढ्ने वातावरण सृजना गर्न शिक्षा मन्त्रालय ७ प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान सञ्चालनको तयारीमा रहेको जानकारी गराउदै मन्त्री पौडेलले सोको लागि बजेटको व्यवस्था हुनुपर्ने बताएका हुन् ।
    ‘देशबाहिर जाने पैसालाई स्वेदशमै प्रयोग गरी विद्यार्थीलाई यही पढ्ने वातावरण सिर्जना गरौं यसका आवश्यक कानुन संशोधन गरौं ।’ उनले भने ।

    मन्त्री पौडेलले पाँच हजार विद्यालयको भौतिक पूर्वाधार विकास, सूचना प्रविधि र विज्ञान प्रयोगशालाको स्थापना, सबै प्रदेशमा आवासीय विद्यालय स्थापना, र सञ्चालन, शिक्षक तालिम र विद्यार्थी सिकाइ सहजीकरण, अंग्रेजी गणित र विज्ञान विषयका शिक्षक दरबन्दी थप, कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम विस्तार, पूर्वप्राथमिक कक्षा र आधाभूत तहका लागि छुट्टै भौतिक संरचना विकास र सञ्चालन लगायतका नयाँ कार्यक्रम प्रस्तावित गरिएको बताए ।

    यस्तै, बुहविद्यागत विज्ञान अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन, युनेस्को ग्राम विकास, चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्तिलगायतका शीर्षकमा थप बजेट मागिएको छ ।

    छलफलमा अर्थमन्त्री जर्नादन शर्माले शिक्षा क्षेत्रमा यस वर्ष बजेट थप गर्न सकिने आश्वासन दिएका छन् । उनले तत्काल गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने योजनाहरु स्पष्ट पार्न समेत सुझाव दिए ।

    डिजिटल पुस्तक, आइटी कलेज, वैज्ञानिक योजना,विद्यालयको नक्साङ्कन, मेडिकल विश्वविद्यालय, आइटी विश्वविद्यालय लगायतका विषयमा नयाँ योजना बनाउन मन्त्री शर्माले सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...