News Portal

  • भक्तपुरका दलहरु निर्वाचन आयोगप्रति असन्तुष्ट

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ बैशाख २०७९
    १७९८ पटक
    bhaktapur electionभक्तपुर, १४ बैशाख २०७९

    भक्तपुरका प्रमुख राजनीतिक दलहरु निर्वाचन आयोग र जिल्लास्थित आयोगका चुनावी कार्यालयहरु प्रति असन्तुष्ट बनेका छन् । आयोगले आफूहरुलाई निर्वाचन आचार संहिता उपलब्ध नगराएको र मतदाता शिक्षाबाट समेत मतदातालाई बन्चित गरेको आरोप लगाउदै उनीहरु असन्तुष्ट बनेका हुन् ।

    बुधवार जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले निर्वाचन आचार संहिता सुनाएपछि दलका प्रतिनिधिहरुले त्यो लागू हुन सक्ने प्रति शंका व्यक्त गरे । जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले कार्यालयमा फ्लेक्स समेत टाग्न नदिने निर्वाचन आचार संहिता अव्यवहारिक भएको भन्दै त्यसमा आपत्ति प्रकट गरेका थिए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष बचन देउजाले दलका कार्यालयमा कपडाको ब्यानर मात्र टाग्न पाउने नियमप्रति व्यंग्य गर्दै ब्यानर बनाउने ठाउँ देखाइदिन आग्रह गरे ।

    उक्त अवसरमा नेमकिपाका नेता एवं भनपा ९ का वडाध्यक्ष उम्मेदवार रवीन्द्र ज्याख्वले आचार संहिताको पर्चा समेत उपलब्ध गराउन नसक्ने आयोगले यसको पालना गराउने नैतिक आधार गुमाएको आरोप लगाएका थिए । त्यतिमात्र होइन, उनले जिल्लामा मतदाता शिक्षा समेत नचलाएको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले नागरिकको मतदानको अधिकार प्रभावित भएको भनेका थिए । उनले नगर निर्वाचन अधिकृतका कार्यालयहरुले समयमै मनोनयन दर्ता गर्न नसकेका र उजुरी समेत नलिएका भन्दै गम्भीर र उत्तरदायी कार्यसम्पादनको आवश्यकता औल्याए ।

    कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव शुशील बस्नेत, नेकपा(एस)का अध्यक्ष एवं सूर्यविनायक नगरका उपमेयरका उम्मेदवार श्यामसुन्दर बस्नेत लगायत अन्य सक्रिय राजनीतिक दलका प्रतिनिधि र केही स्वतन्त्र उम्मेदवारहरु सहभागी रहेका थिए । वक्ताहरुले निर्वाचन आचार संहिता बनिसकेपछि त्यो लागू गर्न सक्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले राजनीतिक दलहरुको र निर्वाचन कार्यालयको सम्बन्ध ट्राफिक प्रहरी र सवारी चालकको जस्तो भएको भन्दै आचारसंहिताको पालना र सम्भावित दुर्घटना रोक्न दलहरुलाई निगरानी गरिनुपर्ने सुझाव दिए । उनले निर्वाचन गतिविधिबारे सूचनामा पत्रकारलाई सहज पहुँच हुनुपर्नेमा जोड दिदै जनतालाई छिटो र सत्य समाचार पुर्याएर सूसुचित गर्न पत्रकारलाई सबैले सहयोग गर्नुपर्ने र पत्रकार मैत्री संयन्त्र बनाउनुपर्ने बताएका थिए ।

    उक्त अवसरमा उठेका जिज्ञासाबारे बोल्दै मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले मनोनयन दर्ता र नामावली प्रकाशनमा ढिलासुस्ती भएको स्वीकार गर्दै त्यसको दोष समयमै मनोनयन गर्न नआउने दलहरुको प्रवित्ति र मनोनयन दर्ता गर्ने वेबसाइटको सर्भर समस्यालाई दिए । उनले दलहरुले नै आचार संहिता बनाएकोले त्यो थाहाँ भएन भन्नु नहुने तर्क गर्दै आफ्नो कार्यालयलाई समेत एक प्रति मात्र सोसम्बन्धी पुस्तीका प्राप्त भएकोले बाड्न नसकिएको बताएका थिए । प्रमुख निर्वाचन अधिकृत बास्तोलाले मतदाता शिक्षाको काम निर्वाचन आयोग र राजनीतिक दलहरुको भएको भन्दै आफ्नो कार्यालयले निर्वाचन गराउने जिम्मा मात्र पाएको प्रष्ट पारे । त्यसैगरी उनले आगामी दिनमा  पत्रकारहरुलाई सूचनामा सहज पहुँच पुर्याउने प्रतिवद्धता समेत प्रकट गरे ।

    कार्यक्रममा भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले जिल्ला र नगर निर्वाचन अनुगमन समितिले निर्वाचनको हरेक गतिविधि अनुगमन गर्ने भन्दै कानुनको पालना गर्नु सबैको कर्तब्य भएको उल्लेख गरिन । उनले निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन संचालन गर्न शान्ति सुरक्षाको पाटो चुस्त दुरुस्त पारिएको जानकारी गराउदै यसमा सबैको साथ् र सहयोगको समेत अपेक्षा गरेकी थिइन् । उक्त अवसरमा भक्तपुर प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले शंकास्पद व्यक्ति र गतिविधिबारे प्रहरीलाई समयमै जानकारी गराई चुनावमा हुनसक्ने विविध सम्भावित दुर्घटना रोक्न सहयोगका लागि आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...