News Portal

  • भक्तपुरमा एक्लै भिड्दै माओवादी केन्द्र : प्रमुखमा तुल्सीभक्त, उपप्रमुख इन्द्रमाया

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ बैशाख २०७९
    ३१३८ पटक
    maoist centerभक्तपुर, १४ बैशाख २०७९

    नेकपा(माओवादी केन्द्र)ले भक्तपुर नगरमा गठबन्धन अस्वीकार गरेको छ । भक्तपुर नगरमा प्रमुख र उपप्रमुख सहित सबै वडामा उम्मेद्वारी दिएको माओवादी केन्द्र एक्लै भिड्न लागेको हो ।

    गठबन्धनबाट उम्मेद्वारी नदिएर आफ्नै पुरै सेट प्रस्तुत गरेको माओवादी केन्द्रले भक्तपुर नगर प्रमुखमा पुराना नेता तुल्सीभक्त सुवाललाई अघि सारेको छ । भक्तपुरमा किसान आन्दोलनका नेता सुवाल नगरमा एक इमान्दार व्यक्तित्वको रुपमा परिचित छन् । तत्कालीन एकता केन्द्रको जिल्ला सदस्य हुँदै माओवादी केन्द्रसम्म आइपुगेका उनी राजनीति पेशा नभई जनताको सेवाको माध्यम हुनुपर्ने मान्यता राख्दछन । उनले आफू नगर प्रमुख निर्वाचित भए अन्य आयश्रोत नभएका नगरका किसानलाई पेन्सनको व्यवस्था गर्ने र निम्न वर्गका जनताका लागि निशुल्क स्वास्थ्य र निशुल्क शिक्षाको व्यवस्था मिलाउने बताएका छन् । आफूसंग स्थानीय श्रोत साधनको प्रयोग गरी आयमूलक उद्योग संचालन गर्ने र त्यहाँ स्थानीयलाई रोजगारीको ग्यारेन्टी गर्ने स्पष्ट योजना भएको भन्दै जनसास्कृतिक महासंघ भक्तपुरका अध्यक्ष समेत रहेका सुवाल आफू नगरमा जनसास्कृतिक महाविद्यालय संचालन गरी यहाँका कला सस्कृतीलाई अझ ओझपूर्ण बनाउने योजना सुनाउञ्छन । उनी आफूले सबै नगरवासीलाई सही नीतिद्वारा साझा नेतृत्व दिनसक्ने तथा बिचार र आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउछन ।

    उनको उप प्रमुखमा भने इन्द्रमाया सुवालले उम्मेद्वारी दिएकी छन् । जनयुद्धकालीन महिला नेत्री सुवाल दर्जनौं लडाई लडेकी साहसी महिला हुन् । उनले आफूहरु लडेर बनाइएको स्थानीय सरकार स्थानीय जनताको सानो भन्दा सानो समस्या पनि समाधान गर्न सक्ने बन्नुपर्ने बताउदै त्यसैको लागि आफूले उम्मेद्वारी दिएको दावी गरिन । जसको नीति उसैको नेतृत्व हुनुपर्ने भन्दै उनले चेतनशील नगरवासीले माओवादी केन्द्रलाई बिजयी गराउने विश्वास व्यक्त गरिन ।

    सुवालद्वयले नगरको प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दिए पनि गठबन्धनले सबै नगरमा भएको सहमती बिपरितको उम्मेद्वारी फिर्ता लिन आग्रह गरिसकेको छ । गठबन्धनमा सामेल नभई एक्लै दर्ता गरिएको भएपनि भक्तपुरको उम्मेद्वारी फिर्ता नहुने नगर अध्यक्ष राकेश सुवालले जानकारी दिएका छन् । नगरका कार्यकर्ता र माओवादी केन्द्रलाई माया गर्ने मानिसहरुको दबाबका कारण उम्मेद्वारी फिर्ता लिन नसकिएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...