News Portal

  • झरीको बाबजुद गठबन्धनको सूर्यविनायक नगर स्तरीय चुनावी सभा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ बैशाख २०७९
    ५८८ पटक
    भक्तपुर, २४ बैशाख २०७९

    भनिन्छ खाने मुखलाई जुंगाले छेक्दैन । बैशाख ३० को चुनावका लागि प्रचारप्रसारमा रहेका दलहरुलाई पनि शनिवारको झरीले रोक्न सकेन ।

    झरीकै बीच नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा समेत सम्पन्न गरेको छ । झरीको बाबजुद चुनावी सभामा ठूलो संख्यामा मतदाताहरु सहभागी भएका थिए ।

    शनिबार अपराह्न आमसभा आयोजना हुने समयमा पानी परेर केही ब्यवधान परेको भएपनि ठूलो संख्यामा जनसमुदाय घरका पेटी, पसल, र चौतारा मुनि ओत लागेर भएपनि नेता, उम्मेदबारहरुको सम्बोधन सुनिरहेको देखिन्थे ।

    मौसम प्रतिकूलताकै कारण चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुने निश्चित गरिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने सहभागि हुन् सकेनन । यद्यपी महासचिव शर्माले भौतिक रुपमा सहभागि हुन नसकेपनि मन सूर्यविनायकमै भएको भन्दै सन्देश पठाएका थिए ।

    चुनावी सभामा भाग लिन सूर्यविनायका नगरका १० वटा वडाबाट उम्मेदबारहरु सहीतका जुलुस कटुन्जेस्थित चक्रपाणी चोकमा आएको थियो । चुनावी सभामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेल, नगर उपप्रमुखका उम्मेदवार नेकपा(एकिकृत समाजवादी) का श्यामसुन्दर बस्नेत, १० वटै वडाका वडा अध्यक्ष सहीत महिला, महिला दलित तथा वडा सदस्यहरुलाई टिका, माला र खाँदा लगाएर स्वागत गरिएको थियो।

    चुनावीसभामा नेपाली काग्रेस, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले गठबन्धनको जीत सुनिश्चित भैसकेको दावी गर्दै आफूहरुलाई ब्यापक जनसमर्थन रहेको जिकिर गरे । उनले गठबन्धन लोकतन्त्र र संविधान रक्षाको लागि भएको भन्दै सूर्यविनायकमा बन्ने आफूहरुको सरकारले समृद्ध सूर्यविनायक बनाउने विश्वास व्यक्त गरे ।

    उक्त अवसरमा काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल, नेकपा(एकिकृत समाजवादी) का स्यायी कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज सावित्रा पौडेल, नेपाली काँग्रेसका नेता सुरेन्द केसी,काँग्रेस जिल्ला सदस्य भेष बहादुर कार्की, सूर्यविनायक नगर पालिकाको नगरप्रमुख पदका उम्मेदवार निशान ढुंगेल, उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेत, सूर्यविनायक नगरपालिका चुनाव परिचालन समितिका सह संयोजक श्रीकृष्ण बासु लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    कार्यक्रमको सभापतित्व, नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांंग्रेस महाधिवेशन प्रतिनिधि विष्णुराज कार्कीले गरेका थिए भने कार्यक्रम संचालन काग्रेस सूर्यविनायक नगर समिति सचिव विश्वराम थापाले गरेका थिए । सो अवसरमा स्वागत भाषण निर्वाचनमा प्रहरी प्रशासन व्यवस्थापन संयोजक कविन्द मिश्रले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...