News Portal

  • वडा गन्न बाँकी रहँदै मध्यपुर थिमिमा गठबन्धनको जीत

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, ३ जेठ २०७९
    ७३८ पटक
    मध्यपुर थिमिमध्यपुर थिमि, ३ जेठ २०७९

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले जीत सुनिश्चित गरेका छन् । मत गन्न बाँकी वडाको कूल मत भन्दा मतान्तर बढी भएपछि उनीहरुको जीत सुनिश्चित भएको हो ।

    वडा नम्बर ८ को मत परिणामसंगै प्राप्त नतिजा अनुसार गठबन्धनका तर्फबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले १३ हजार ७ सय ५६ हासिल गर्दा उनका निकटत्तम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मदन सुन्दर श्रेष्ठले १० हजार ३ सय ८ मत प्राप्त गरेका छन् । निवर्तमान मेयर समेत रहेका मदनसुन्दर भन्दा ३ हजार ४ सय ४८ मतले अघि रहेका सुरेन्द्रले वडा नम्बर ९ को मतगणना अघि नै जीत हासिल गरिसकेका जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी उपमेयर उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विजय कृष्ण श्रेष्ठले एमालेकी उम्मेदवार उत्तरा नेपाललाई पछि पार्दै जीत सुनिश्चित गरेका छन् । उत्तराले ८ हजार २ सय १८ मत प्राप्त गर्दा श्रेष्ठले ११ हजार ३ सय ९१ मतसहित जित हासिल गरेका हुन् । उत्तरा भन्दा श्रेष्ठले ३ हजार १ सय ७३ बढी मत प्राप्त गरेका छन् ।

    ९ वटा वडा रहेको मध्यपुर थिमिमा ८ नम्बर सम्म नतिजा सार्वजनिक भइसकेको छ भने ९ नम्बर वडाको मत गणना भइरहेको छ । यस वडामा कूल २ हजार ७ सय ४७ मत खसेका कारण सो सबै मत प्राप्त गर्दा पनि निकटत्तम प्रतिस्पर्धी मेयर उम्मेदवार मदन सुन्दर र उममेयर उत्तराले नजित्ने निश्चित भएपछि गठबन्धनमा यतिबेला खुशीयाली छाएको देखिन्छ । सामाजिक संजालमा काँग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले जीतको खुशी साटासाट गरिरहेका देखिन्छन ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...