News Portal

  • भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ जेठ २०७९
    १०८८ पटक
    सुनिल sunil prajapatiभक्तपुर, १२ जेठ २०७९

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खसेको हो । भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण प्रक्रिया सुरु गरेका हुन् ।

    सो अवसरमा नगर प्रमुख प्रजापतिले खानेपानीको समस्याबाट गुज्रिरहेको भक्तपुरमा यसले राहत मिलेको बताउदै खुशी प्रकट गरेका छन् । हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नपाको वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण प्रक्रिया सुरु भएको र अन्य वडामा पनि बिस्तार हुने उनले बताए ।

    प्रमुख प्रजापतिले स्थानीयको धारामा मेलम्चीको पानी आए/नआएको अनुगमन समेत गरेका छन् । दोश्रो कार्यकालका लागि अत्याधिक बहुमतले निर्वाचित भएसंगै प्रमुख प्रजापतिले खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्ने दृढताका साथ् पहल लिएका थिए ।

    मेलम्चीको पानी भक्तपुरका धारामा खसेसंगै भक्तपुरका स्थानीयहरु निकै खुशी देखिएका छन् । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरु धारामा पानी आएको हेरेर निकै दङ्ग देखिए । उनीहरुले  मेलम्चीको पानी अवलोकन गर्दै आएका नगर प्रमुख सुनिल प्रजापतिलाई पहलका लागि धन्यवाद समेत दिए । स्थानीयले ठाउँ ठाउँमा पाइपहरु फुटेर पानी चुहिएकोले त्यसको मर्मत गर्नुपर्ने बारे पनि अवगत गराए । नगर प्रमुख प्रजापतिले सो समस्याको समाधान गर्ने समेत प्रतिवद्धता प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...