News Portal

  • भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ जेठ २०७९
    २७४६ पटक
    bhaktapurpoliceभक्तपुर, १४ जेठ २०७९

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण- ७ बस्ने बर्ष ७२ को केशव प्रसाद अधिकारी र भक्तपुर-८ का ईश्वर गाइजू रहेका छन् ।                               उनीहरुले साविक सुडाल गा.वि.स वडा नं. ४ क मा रहेको बिभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याई साथै कि.नं. ३९९ क्षेत्रफल (०-४-०-० ) सरकारी जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना लिएका बताइएको छ । बैना बापत रु ५ करोड २० लाख लिई ठगी गरेको भनी उजुरी परेपछि  उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो । भनपा-१०स्थित  मालपोत गेटबाट पक्राउ परेका उनीहरू लाई  आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको प्रहरीले पुष्टि  गरेको छ ।
    उनीहरु उपर ठगी गरेको भन्दै खोटाङ बुईपा- ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी न.पा १४ बस्ने धनिराम राई समेतको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...