News Portal

  • यातायात व्यवसायीले बढाए १५ प्रतिशत बस भाडा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर ,६ असार २०७९
    ४१७ पटक
    भक्तपुर ,६ असार २०७९

    सरकारले निरन्तर पेट्रोलियम पदार्थको मुल्य बढाएपछि यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुनेगरी १५ प्रतिशत भाडा बढाएको छे ।

    पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो तर, व्यवसायी आफैंले सरकारलाई समेत अटेर गरी भाडा बढाएका छन् । कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सरकारकै कारण भाडा बढाउन बाध्य भएको बताएका छन् ।

    ‘हामीलाई कुनै रहर छैन, यो हाम्रो बाध्यता हो , बजारमा चरम मूल्यवृद्धि छ । यो अवस्थामा गाडी भाडामात्र सस्तो कसरी बनाउन सकिन्छ ,उनले भने, ‘बन्द हट्ताल गर्नुभन्दा भाडा बढाएर यात्रुलाई सेवा दिनु उपयुक्त ठान्यौं । यसबाट परेको असरप्रति क्षमताप्रार्थी छौं ।’

    पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको छ । यसअघि चैतमा पनि कम्पनीले आफुखुसी २० प्रतिशत भाडा बढाएको थियो ।भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भए पनि समयमा काम नगरेका कारण व्यवसायीले कानुनविपरीत आफैं भाडा बढाएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...