News Portal

  • किराँत एकेडेमीको पुरस्कारमा भक्तपुरका नेता ढकाल

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार १४ २०७९
    ८९३ पटक
    DP dhkal भक्तपुर, असार १४ २०७९

    अर्थराजनीतिक विषयमा कलम चलाउने लेखक, नेकपा माओवादी (केन्द्र)का केन्द्रिय सदस्य एवं भक्तपुरका नेता डीपी ढकालको पुस्तक पुरस्कारका लागि मनोनयनमा परेको छ ।

    किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि मनोनयनमा परेका ७ वटा पुस्तक मध्ये ढकालको समाजवाद र नेपाल एक हो । प्राप्त समकालीन कृतिहरूमध्ये ७ वटा कृतिहरूको प्रारम्भिक छनोट सूची प्रकाशन गर्ने निधो गरेको एकेडेमीले  ढकालको पुस्तक समाजवाद र नेपाल पुरस्कारका लागि मनोनयनमा परेको जनाएको छ ।

    प्रारम्भिक छनोटमा परेका सात पुस्तकहरुमा डीपी ढकालको समाजवाद र नेपाल, गणेश अधिकारीको उपन्यास डायरीमा रामप्रसाद राई, विप्लव ढकालको भोजपुरको वाङ्मय, केवल विनावीको कविता संग्रह यादहरूको सङ्ग्रहालय, राजकुमार दिक्पालको आदिवासी विद्रोहको इतिहास, रमेशप्रसाद भट्टराईको आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण र रामराज रेग्मीको नेपालको इतिहास एक मार्क्सवादी अध्ययन रहेका छन् । कोभिड महामारी र एकेडेमीको उद्देश्य अनुकुलका कृति अभावका कारण केही वर्ष पुरस्कार स्थगित हुन पुगेको कार्यक्रमले यस वर्षदेखि फेरि निरन्तरता पाउने एकेडेमीले जनाएको छ । सन् २०११ मा गठन भएको एकेडेमीको पुरस्कार यसभन्दा अघि युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको कृति ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’ लाई प्रदान गरिएको थियो । तेस्रोपटक राशि ५० हजार राशीको पुरस्कार असारभित्र प्रदान गरिने एकेडेमीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...