News Portal

  • बामदेव गौतमको नयाँ पार्टीमा भक्तपुरबाट पनि पतिपत्नी नै केन्द्रीय सदस्य

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १४ असार २०७९
    २३५२ पटक
    भक्तपुर, १४ असार २०७९

    नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले घोषणा गर्न लागेको पार्टीको केन्द्रीय सदस्यमा भक्तपुरका पतिपत्नी नै परेका छन् ।

    ६७ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका ३ जना केन्द्रीय सदस्य अटाएका छन् । जसमध्ये दिपेश न्यौपाने र पविता लिम्बु श्रीमान् श्रीमती हुन् । अर्का केन्द्रीय सदस्यमा भने थिमीका डा प्रकाशमान श्रेष्ठ रहेका छन् ।

    आफ्नो श्रीमती र छोरालाई समेत केन्द्रीय समितिमा पुर्याएका अध्यक्ष गौतमले भक्तपुरबाट पनि श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बनाएका हुन् । भक्तपुरको चाँगुनारायण ३ निवासी दिपेश न्यौपाने गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट नेपाली काँग्रेस प्रवेश गरेका थिए । त्यस अघि उनी साझा बिबेकशील पार्टीको तर्फबाट प्रदेश सांसदमै उम्मेद्वारी दिएका  व्यक्ति हुन् । उनकी श्रीमती लिम्बु भने एक निजी विद्यालयमा शिक्षक छिन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...