News Portal

  • भक्तपुरमा पर्खाल भत्किदा बटुवाको गयो ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ असार २०७९
    ९२० पटक
    भक्तपुर, १५ असार २०७९

    भक्तपुरमा वर्षाको कारण पर्खाल भत्किदा सोही बाटो हिडिरहेकी एक जेष्ठ नागरिकको ज्यान गएको छ । साँझ करिब पाँच बजेको समयमा उक्त दुर्घटना भएको हो ।

    ज्यान गुमाउनेमा ६६ वर्षिया नारायण देवी थापा रहेकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चित्तापोल लाकुली स्थित
    कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाको कारण भत्कदा उक्त बाटो हिडिरहेकी स्थानीय थापाको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले पुष्टि गरेका हुन् ।

    बाटोमा हिडिरहेकी थापालाई पर्खालले पुरिदिएको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ । घटना
    सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...