News Portal

  • कमजोरी सुधार्दै माओवादी पहिलो पार्टी बन्छ – प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १९ असार २०७९
    ४३१ पटक
    भक्तपुर, १९ असार २०७९

    नेकपा (माओवादी केन्द्र)ले पार्टीमा देखा परेको कमजोरी सुधारेर अगाडी जान सकिएमा आउने संघ र प्रदेशको चुनावमा कम्युनिष्ट पार्टीहरुमध्ये पहिलो पार्टी बन्न सक्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको मत सुधारिउर आएको र त्यसले पनि आफुभित्रकै कमजोरी सुधार्न सके कम्युनिष्टमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको भनाई थियो ।

    काठमाडौंमा आज देखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गदैं अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् । गत स्थानीय तह निर्वाचनमा पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सो अनुसारको परिणाम प्राप्त गर्न भने नसकिएको प्रचण्डको भनाई थियो ।

    उनले तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको बताए । गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादी अध्यक्ष प्रचण्डको भनाई थियो ।

    प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए । प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...