News Portal

  • अन्तरक्रिया कार्यक्रम सम्पन्न

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २६ असार २०७९
    ५१४ पटक
    भक्तपुर, २६ असार २०७९

    आइतबार भक्तपुरमा चाँगुनारायण नगरपालिकाको बिकाशमा सञ्चारकर्मी बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।

    चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रुपमा चाँगुनारायण नगरपालिका मेयर जिबन खत्री, अतिथिका रुपमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रसाशकीय हरिप्रसाद चापागाई त्यसैगरी प्रबक्ता जनक खत्री लगायत उपस्थित रहेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खत्रीले चाँगुनारायण नगरपालिकाले सधै पत्रकार सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन । पहिले भएका कमी कमजोरीलाई सुधार गर्दै सेवा सुविधालाई व्यवस्थित गर्ने उनले बताए । समाजलाई सहज र नागरिकलाई उत्साहित गर्ने प्रमुख भुमिका पत्रकारको हुने भन्दै प्रमुख खत्रीले बिकासको लागि पत्रकारहरले पनि सकारात्मक र रचनात्मक सहयोग गर्नुपर्ने आवश्यकता औल्याए । सत्य तथ्य सूचनाको अन्वेषण गर्नु पत्रकारको धर्म भएको भन्दै उनले नगरपालिकाले सूचना उपलब्धता गराउन कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट पारे ।

    प्रमुख प्रशासकीयका अधिकृत हरिप्रसाद चापागाईले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी देखेको बताए । स्थानीय तहको भारवहन क्षमता र यसको कति लागत लाग्छ भन्ने कुरामा पत्रकारलाइ अनुसन्धानको लागि उनले आग्रह गरेका छन् ।साथै पत्रकारले आफ्नो रुची, दक्षता भएको बिषयमा थप कलम चलाएमा राम्रो नतिजा ल्याउने चापागाईको भनाई छ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...