News Portal

  • एन्फा बैठक स्थगित

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ साउन २०७९
    ५०३ पटक
    भक्तपुर,२ साउन २०७९

    अखिल नेपाल फुटबल संघ(एन्फांं)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ ।

    एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताएका छन् ।अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले भने ।

    साधारण सभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय भएको थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक स्थगित गरेको हो ।

    पहिलो बैठक एजेन्डाविना बोलाएर विवादास्पद नियुक्ति गरेपछि अहिले अध्यक्ष निकै दबाबमा छन् । आजको बैठकमा समेत केही एजेन्डामा अध्यक्ष अर्को दबाबमा आएका थिए । विभिन्न नियुक्तिले अहिले एन्फा राजनीतिमा पेचिलो बनेको छ । जसमा नेम्वाङ पूर्व अध्यक्ष गणेश थापा र जर्मन नागरिक तथा विदेश विभाग प्रमुख नवीन पाण्डेको चर्को दबाबमा पर्दै आएका छन् ।

    थापाले आफ्ना छोरा गौरव र पाण्डेले आफू निकट रहेका निर्वाचन समितिका सदस्य बद्री भट्टराईलाई नियुक्त गर्न ठूलै दबाब दिँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...