News Portal

  • जनताका समस्याप्रति सरकार गैरजिम्मेवारः एमाले

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ साउन २०७९
    २७१ पटक
    भक्तपुर, ५ साउन २०७९

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रथि सरकार संवेदनहीन भएको आरोप लगाए ।

    दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको भन्दै उनले सरकारको ध्यान यस्ता कुनै पनि विषयमापनि नभएको बताए । यसबारे बहस गर्नुपर्ने बेला एम अधिकारी को हो भनेर विषयान्तर गर्न खोजेको ज्ञवालीले दाबी छ । मध्यम वर्गलाई समेत आच्छुआच्छु भएको भन्दै उनले सरकारको संवेदनहीनताले आहत पुर्‍याएको बताए ।

    संसदले रुलिङ गर्दा समेत किसानले मल नपाएको, विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको उनले बताए । सरकार जनताका समस्याहरुप्रति गैरजिम्मेवार र मूल्यवृद्धि नियन्त्रणको मामिलामा तमासे समेत बन्न नसकेको उनले बताए । यसबारे सरकारलाई रुलिङ गर्न समेत उनले सभामुखसँग माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...