News Portal

  • उच्च अदालतको मूल्यांकनमा उत्कृष्ट सावित भक्तपुरका जिल्ला न्यायाधीश बास्तोला सम्मानित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ साउन २०७९
    ८५२ पटक
    भक्तपुर, १६ साउन २०७९

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालत पाटनको मूल्यांकनमा उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । मातहत जिल्ला अदालतका न्यायाधीश मध्ये सर्वाधिक मुद्दा फैसला गरेको भन्दै उच्च अदालत पाटनले बास्तोलालाई सम्मान गरेको हो ।                                                                                                                               शुक्रवार उच्च अदालत पाटनको सभाहलमा सम्पन्न वार्षिक समिक्षा  कार्यक्रममा जिल्ला अदालत भक्तपुरका मुख्य न्यायाधीश बास्तोलालाई उच्च अदालत पाटनका मुख्य न्यायाधीशले सम्मान पत्र प्रदान गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ मा मातहतका जिल्ला अदालत मध्ये भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश बास्तोलाले सबैभन्दा धेरै मुद्दा  फैसला गरेकाले सम्मान पत्र प्रदान गरिएको बताइएको छ ।         भक्तपुर जिल्ला अदालतको १ नम्बर इजलासका न्यायाधीश बास्तोलाले बागमती प्रदेश अन्तर्गत मात्र नभई देशैभरका जिल्ला न्यायाधीशमध्ये  सर्वाधिक मुद्दा  फैसलाको रेकर्ड राखेका छन् । उनले सम्पन्न आर्थिक वर्षमा करिब ७ सय मुद्दा फैसला गर्दै एक वर्षमा सबैभन्दा धेरै मुद्दा फैसला गर्ने न्यायाधीशको रेकर्ड राखेका हुन् ।                                                                                                                                              समिक्षा कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश नरिश्वर भण्डारी पनि उच्च अदालत पाटनका न्यायाधीश मध्ये सबैभन्दा धेरै मुद्दा फैसला गरेकोप्रति सम्मानित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...