News Portal

  • भारतमा पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१६ साउन २०७९
    ३०८ पटक
    भक्तपुर,१६ साउन २०७९

    भारतको पश्चिम बङ्गालमा पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

    पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्‍याइएको थियो । त्यसमध्ये १० जनालाई प्रहरीले मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    घटनाबारे अनुसन्धान थालेको प्रहरीले पिकअप भ्यानमा राखिएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ भने चालक भने फरार छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...