News Portal

  • पढेलेखेकैबाट बच्चालाई स्तनपान गराउन हेलचेक्र्याइँः स्वास्थ्यमन्त्री खापुङ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ साउन २०७९
    ३७६ पटक
    भक्तपुर,१७ साउन २०७९

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले पढेलेखेकै र धनीवर्गबाट बच्चालाई आमाको स्तनपान गराउन हेलचेक्र्याइँ भइरहेको बताएका छन् । आज प्रसूति गृह थापाथली काठमाण्डौमा बेबी मिल्क बैंक स्थापना कार्यक्रममा उनले बट्टाको दूध तथा खानेकुरा खुवाउने, स्तनपान कम गराउने सङ्ख्या वाग्मती प्रदेशमै बढ्दो देखिनु चिन्ताजनक रहेको बताए ।

    विकास निर्माणको अग्रसरतामापछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने सङ्ख्या बढी देखिएको तर बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वाग्मती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको उनको भनाइ छ । मन्त्री खापुङले सहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेकोमा जोड दिए ।

    मन्त्री खापुङले कोरोनाको सङ्क्रमण बढिरहेकाले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन र नागरिकलाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...