News Portal

  • पेट्रोलियम पदार्थमा सरकारको ध्यान नपुगेको सांसद सुवाल जिकिर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ साउन २०७९
    ३५८ पटक
    भक्तपुर,१७ साउन २०७९

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पका रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपाली बजारमा पहिलेकै मूल्य कायम गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको बताइरहेका बेला सरकारले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सोच्न नसकेको बताए । उनले भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहँदा भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट बनाए ।

    यस्तै, सांसद सुवालले शासक दलहरूले भाग बण्डामा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै न्यायालयलाई भ्रष्टाचार मुक्त गर्न सक्ने न्यायाधीश नियुक्ति गर्नु पर्ने माग राखे ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...