News Portal

  • आगोसंग खेल्नेले भष्म हुन तयार हुनुपर्ने चीनको चेतावनी देशभक्तिपूर्ण : नेमकिपा

    ६७० पटक
    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीले संयुक्त राज्य अमेरिका युद्ध पिपासु भएको आरोप लगाएको छ । अमेरिकाले युद्ध पिपासु नीति अंगालेर संसारलाई दुख दिएको नेमकिपाले आरोप लगाएको हो ।

    अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले एक प्रेस बिज्ञप्ती जारी गर्दै अमेरिकी साम्राज्यबादले एसियामा युद्ध थोपर्न खोजेको बताउदै अमेरिकी सरकारले युद्धको नीतिले चीन लाई चिढाइरहेको बताएका छन् । उनले अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि तीब्र पारेको जिकिर गर्दै चीन घेर्ने नीति अन्तर्गत बिबिध गतिविधि गर्दै विश्व शान्ति खल्बल्याउन खोजेको बताएका हुन् ।

    पछिल्लो समय मंगलवार चीनको अभिन्न अंग थाइवान पुगेर अमेरिकी संसद सभामुख नान्सी पेलोसीले थाइवानलाई अलग्ग’ बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी युद्धपिपासु नीति भएको र त्यो निन्दनीय रहेको नेमकिपाले विज्ञप्ती मार्फत प्रष्ट पारेको हो । सो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणा विपरित रहेको पनि पार्टीले ठहर गरेको छ । नेमकिपाले अमेरिकी नीतिको प्रतिरोध गर्दै चीनियाँ राष्ट्रपति सी जिङ्ग फिंगले आगोसंग खेल्नेले भष्म हुन तयार हुनुपर्ने चेतावनीलाई देशभक्तिपूर्ण अभिव्यक्ति भन्दै समर्थन समेत जनाएको छ ।

    नेमकिपाले बिज्ञप्तीमा अमेरिकाले विश्वका बिभिन्न भाग र देशमा झगडाको आगो झोस्दै हिडेको भन्दै त्यसप्रति बिरोध जनाएको छ । साथै, आफ्नो युद्ध पिपासु नीति त्याग्न अमेरिकालाई आग्रह समेत गरेको छ ।

    हेर्नुस बिज्ञप्ती 

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...