News Portal

  • एउटै शक्तिशाली आयोग बनाउनु पर्नेमा सांसदहरुको जोड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२३ साउन २०७९
    २०९ पटक
    भक्तपुर,२३ साउन २०७९

    सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनु पर्ने आवश्यकता औँल्याएका छन् ।

    प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षको वार्षिक प्रतिवेदन र आगामी आवको स्वीकृत कायक्रम कार्यान्वयन रणनीति’ सम्बन्धमा भएको छलफलमा सांसदहरुले प्रत्येक जातजाति, भूगोल वा क्षेत्रको आधारमा छुट्टाछुट्टै आयोग बनाउनुको सट्टा सबैको प्रतिनिधित्व हुने गरी एउटै शाक्तिशाली आयोग बनाउनु पर्नेमा जोड दिएका हुन् ।

    सांसद नन्दलाल रोका क्षेत्रीले सरकारले आयोग गठन गर्ने तर पर्याप्त बजेट नदिने र सहयोग नगर्ने सन्दर्भ उल्लेख गर्दै सबै जातजातिको प्रतिनिधित्व हुने गरी एउटा मात्रै आयोग बनाउनु पर्ने बताए । सांसद कुमारी मेचेले सबै आयोगलाई एकै ठाउँमा गाभेर शक्तिशाली आयोग बनाउनु पर्नेमा जोड दिइन् ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...