News Portal

  • शारीरिक सुगठन आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले समेत आवश्यक : मेयर खत्री

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २६ साउन २०७९
    ५९९ पटक
    भक्तपुर, २६ साउन २०७९

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले राम्रो स्वास्थ्यका लागि शारीरिक सुगठन आवश्यक रहेको बताएका छन् ।  युवा आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि शारीरिक सुगठन महत्वपूर्ण रहेको उनले बताएका हुन् ।                                                                                                                                             जिल्ला शारीरिक सुगठन भक्तपुरका अध्यक्ष बाबुकाजी मानन्धरको नेतृत्वमा चाँगुनारायण पुगेको शारीरिक सुगठन संघको कार्यसमितिलाई सम्बोधन गर्दै उनले सोकुरा बताएका सल्लाहकार रामकृष्ण मानन्धरले जानकारी गराए । निर्वाचित नगर प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीलाई सम्मान पत्र प्रदान गर्न बुधवार जिल्ला शारीरिक सुगठन संघ भक्तपुरको टोली चाँगुनारायण पुगेको थियो ।                                                 उक्त अवसरमा अध्यक्ष बाबुकाजी मानन्धरले शारीरिक सुगठनको क्षेत्रमा रहेका समस्याहरु अवगत गराउदै त्यसको समाधानका लागि नगरपालिकाको सहयोग रहने बिश्वास ब्यक्त गरेका थिए । उनले आफूहरुले जिल्लामा आयोजना गर्न लागेको पाँचौ मिस्टर भक्तपुर र दोश्रो महिला फिजिक्स प्रतियोगिताको लागि समेत चाँगुनारायण नगरपालिकाले सहयोग गर्ने अपेक्षा प्रकट गरे । प्रतियोगिता भदौ १७ र १८ गते गर्ने तयारी रहेको बताइएको छ ।                                                                                                                                                मेयर खत्री र उपमेयर बुढाथोकीले उक्त प्रतियोगितामा आफूहरुको सहयोग रहने आश्वासन समेत दिएका छन् । उक्त अवसरमा सल्लाहकार अधिवक्ता रामकृष्ण मानन्धर, कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक अशोक घजु, सदस्यहरु रोशन मानन्धर र रमेश सुवाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...