News Portal

  • पियन राख्दा परामर्स नगरेको भन्दै एमालेका वडाध्यक्षहरूबाट कार्यपालिका बैठक बहिस्कार

    भक्तपुरपोस्ट संवाददाता काभ्रे, २७ साउन २०७९
    ७९६ पटक
    bhumlu gaupalikaकाभ्रे, २७ साउन २०७९

    काभ्रेको भुम्लुमा नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेका छन् । कार्यपालिका बैठक उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी लेखिएको ध्यानाकर्षण पत्र बुझाउँदै छाडेका हुन् ।

    अघिल्लो कार्यपालिका बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरेका ती सदस्यहरूले त्यही निर्णय कार्यान्वयनमा आएपछि बहिस्कार गरेका हुन् । सोही कार्यपालिका बैठकले करार सेवामा कर्मचारी नियुक्ति गर्न विज्ञापन निकाल्ने र पदपुर्ति गर्ने निर्णय गरेको थियो ।

    करार सेवामा कर्मचारी छनौट गर्दा आफूले भनेको व्यक्ति नपरेको भन्दै हिजो बोलाइएको कार्यपालिका बैठक चलिरहको अवस्थामा बहिस्कार गरियो – एक कार्यपालिका सदस्यले बताए । भुम्लु गाउँ कार्यपालिकामा कुल १८ सदस्य छन्, जसमध्ये नेकपा एमालेबाट निर्वाचित सदस्य संख्या ६ रहेको छ ।

    वडाका लागि छनौट भएका कार्यालय सहयोगी लगायतको कार्मचारी वडा अध्यक्ष अर्थात् आफूसँग कुनै परामर्श नगरी छानिएकोमा उनीहरूको असन्तुष्टि रहेको ध्यानाकर्षण पत्रमा भनिएको छ । यसको नेतृत्व वडा नं ७ का अध्यक्ष रमेश खरेलले गरेका थिए ।

    पत्रमा नाम नाम उल्लेख भएका खरेललगायत ज्ञानबहादुर तामाङ, लोकबहादुर कुँवर, केशरमान तामाङ र भरतबहादुर शिवभक्ति निर्वाचित वडा अध्यक्षहरू हुन् भने कल्पना पहरी कार्यपालिका सदस्य हुन् । निर्वाचित वडा अध्यक्ष स्वतः कार्यपालिका सदस्य हुने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...