News Portal

  • धौभडेलको स्वर, संगीत र चालिसेको शब्दमा पोखियो प्रवासीको पीडा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ साउन २०७९
    ७४३ पटक
    roshan dhaubadelभक्तपुर, २७ साउन २०७९

    गायक एवं संगीतकार रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ सार्वजनिक भएको छ । बिहीवार एक कार्यक्रमका बीच पीडा म्युजिक भिडिओसहित सार्वजनिक गरिएको हो ।

    भक्तपुर कटुन्जेका स्थानीय गीतकार उत्कल चालिसेको शब्दमा उनिएको ‘पीडा’मा भक्तपुरे गायक एवं संगीतकार रोशन धौभडेलले स्वर र संगीत भरेका छन् । संगीत संयोजनको काम भने प्रमोद परियारको रहेको छ । आभाश्री प्रोडक्सनको ब्यानरमा तयार भएको म्युजिक भिडिओ निर्माणमा कन्सेप्ट तथा निर्देशन समेत गायक धौभडेलको नै रहेको बताइएको छ ।

    उच्च शिक्षा अध्ययन र रोजगारीका सिलसीलामा बिदेशीएका आम नेपालीहरुको पीडालाई प्रस्तुत गर्न सफल यस गीतका गीतकार चालिसे स्वयम् रोजगारीको लागि हाल लब्जेम्बर्गमा छन् । लब्जेम्बर्गस्थित एक फाइनान्सियल इन्डस्ट्रिजमा कार्यरत चालिसेका आमाबुबा, श्रीमती र छोराछोरी सबै नेपालमै छन् । घरपरिवार र आफन्तसँग विछोडिएर परदेशमा जाँदा हुने पीडालाई उनले गीत मार्फत ब्यक्त गर्ने प्रयास गरेका हुन् । म्युजिक भिडिओमा समेत उनी फिचरिङ भएका छन् ।

    गीत तथा म्युजिक भिडिओ सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि रहेका वरिष्ठ वाद्यवादक संगीतकार देव रानाले गीत मन छुने खालको रहेको बताए । सबैले आफूभित्र गुम्सिएको पीडालाई सहज रुपमा व्यक्त गर्न नसक्ने र त्यो साहस कम ब्यक्तिमा हुने भन्दै उनले पीडामा गीतकार चालिसेको शब्दमा गायक एवं संगीतकार धौभडेलले न्याय गरेको र गीत निकै राम्रो बनेको उनले बताए ।

    कार्यक्रममा “चोट के हो ब्यथा के हो?”, “जति चोट दिन्छौ देउ मायालु” लगायतका चर्चित गीतका गीतकार वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले यो ‘पीडा’ बजारमा चलिरहेको धार भन्दा ठिक विपरीत रहेको सुनाए , ‘गीत राम्रो बनेको छ। कम बजेटमा पनि उत्कृष्ट गीत बन्छ भन्ने यो एउटा राम्रो उदाहरण हो ।’उनले भने ।

    त्यस्तै कार्यक्रममा पाहुना संगीतकार एवं गायक राजनराज सिवाकोटीले अघिल्लो पुस्ताले गाएका आधुनिक एवं सुगम गीत जस्तो नयाँ पुस्ताको गीत कालजयी नभएको भन्दै युवा पुस्ता माझ अझै राम्रो गर्नुपर्ने चुनौती रहेको अनुभव सुनाए ।

    गायक धौभडेलले २ वर्षअघि नै गीत प्राप्त भए पनि शब्द मिलाउन, कम्पोज गरी गीत तयार गर्न समय लागेको जानकारी गराए । उनले यसअघि करिब दुई दर्जन गीत गाइसकेका छन् । ‘वन्ली यू’ नामक एकल गीती एल्बम ४ बर्ष अघि ल्याइसकेका रोशनले थप दुई गीतको म्युजिक भिडिओ तयार गर्ने काम भइरहेको समेत सार्वजनिक गरेका छन् ।

    कार्यक्रममा गीतकार उत्कलका दाजु शिशिर चालिसे र भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले गीत र म्युजिक भिडिओबारे चर्चा गरेका थिए । गीतकाे म्युजिक भिडिओ आभाश्री प्राेडक्सनकाे अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
    गीत हेर्न यो लिंकमा जानुहोस

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...