News Portal

  • कामचोर र भ्रष्ट कर्मचारीलाई कांग्रेसले संरक्षण गर्दैन : सभापति थापा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० साउन २०७९
    ५४४ पटक
    भक्तपुर, ३० साउन २०७९

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कसैको दवाब र प्रभावमा नपरी जनताको काममा ईमान्दार भई लाग्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले दलको झण्डा बोकेर भ्रष्टाचार गर्ने र जनतालाई दुख दिने कर्मचारी कांग्रेस हुन नसक्ने समेत चेतावनी दिए ।

    नेपाली कांग्रेस निकट स्थानिय तह कर्मचारी युनियन नेपाल भक्तपुर शाखाको प्रथम अधिबेशनलाई आइतबार उद्घघाटन गर्दै पार्टी सभापति थापाले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले कांग्रेसका समर्थक कर्मचारीले लोकतन्त्रको खम्बा बनेर जनसेवामा जुट्नुपर्नेमा जोड दिए । “कामचोर र भ्रष्ट कर्मचारीलाई कांग्रेसले संरक्षण गर्दैन ।” उनले भने । तर, जनमुखी काममा लाग्दालाग्दै कसैले राजनैतिक पूर्वाग्रह राखेर दुःख दिन्छ भने त्यसको आफूहरूले प्रतिवाद गर्ने उनले प्रष्ट पारे ।

    कार्यालयको काम सकेर शुरु भएको अधिवेशनमा स्थानीय तह कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष नरबहादुर साउद, केन्द्रिय सदस्य सत्य नारायण शाह, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष श्रीराम लम्साल, नेपाल ट्रेडयुनियन कांग्रेसकी उप महासचिब राधिका कुईकेल,पार्टी जिल्ला सहसचिव यादव अधिकारी, स्थानीय तह प्रदेश सचिव गोपाल घिमिरे, नेपाल निजामति कर्मचारी युनियन भक्तपुरका जिल्ला अध्यक्ष सुरज पौडेल, ट्रेडयुनियन कांग्रेस भक्तपुरका जिल्ला अध्यक्ष बिष्णु खडका लगायतले शुभकामना ब्यक्त गर्दै कर्मचारी लोकतन्त्रको रक्षा र जनताको सेवामा निस्वार्थ भएर लाग्नुपर्नेमा जोड दिएका थिए । अधिबेशनको बन्द सत्रबाट सुरेन्द्र श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन गरिएको नेपाली कांग्रेस सूर्यविनायकका प्रवक्ता रमेश खड्काले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...