News Portal

  • सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सवैको साझा दायित्व होः मन्त्री श्रेष्ठ

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१ भदौ २०७९
    २९४ पटक
    भक्तपुर,१ भदौ २०७९

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको ३५औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूजी निर्माण, वचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

    मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई वचत तथा ऋण कारोवारमा बढी केन्द्रित हुँदै गईरहेको, र केही सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको कमजोर अवस्था र वितीय सुशासनको कमजोर हुदा सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गइरहेको बताएका छन् ।

    सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरुलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा देखिएको भन्दै मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरको पूर्ण परिपालन, सहकारी मुल्य, मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने बताए।

    मन्त्री श्रेष्ठले अहिलेको सरकार सहजीकरण, नियमन र उत्प्रेरकको भूमिकामा आफूलाई केन्द्रित गर्दै साझेदारी प्रवद्र्धनको दिशातर्फ अघिबढीरहेको भन्दै समग्र राष्ट्रिय विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले नियामक निकाय र सहकारीबीचको उपयुक्त सहकार्यबाट मात्रै सहकारी क्षेत्रको शुद्धीकरण संभव छ भन्दै नियामक निकायको रुपमा रहेको सहकारी विभाग तथा प्रदेश एवं स्थानीय सरकारवीच प्रभावकारी साझेदारीको माध्यमबाट अघि बढ्ने गरी प्रयास भइरहेको पनि बताएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...