News Portal

  • स्थलगत अध्ययनको लागि मानव अधिकार आयोगको टोली पुग्यो बञ्चरेडाँडा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१ भदौ २०७९
    ४०८ पटक
    भक्तपुर,१ भदौ २०७९

    फोहोर व्यवस्थापनको विषयलाई लिएर तनावग्रस्त बनेको नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा स्थलगत अध्ययनको लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ ।

    ‘स्थानीयको स्थिति के रहेछ ? फोहोर व्यवस्थापनमा अवरोध किन भएको हो भनेर हेर्न आयोगको टोली गएको छ,’ राष्ट्रिय मानव अधिकार आयोगका सचीव मुरारीप्रसाद खरेलले भने । स्थालगत अध्ययनपछि सबै पक्षलाई झिकाएर विवाद समाधानका लागि सुझव दिइने उनले बताए ।

    ‘टोलीको अध्ययनपछि आएको निष्कर्षको आधारमा सबै पक्षलाई झिकाएर छलफल गर्छौ,’ उनले भने । स्थानीयको अवरोधकाबीच प्रहरी परिचालन गरेर फोहोर व्यवस्थापन गर्न थालेपछि आयोगले चासो दिएको हो । केहीदिन यता बञ्चरेडाँडामा स्थानीयले फोहोर फाल्न नदिने भन्दै आन्दोलन गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...