News Portal

  • माओवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ भदौ २०७९
    १८० पटक
    भक्तपुर,२ भदौ २०७९

    नेकपा माओवादी केन्द्रको आज पदाधिकारी चयन गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बैठकबाट महासचिवसहित बाँकी पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

    गत वर्ष पुसमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा उपाध्यक्षमा चयन भएका थिए । अरू पदाधिकारीको टुंगो लागेको छैन । संगठन विभाग प्रमुख समेत रहने महासचिवमा यसअघि वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो । नेताहरूका अनुसार प्रचण्डले निर्वाचनबाट पदाधिकारी नछान्ने बताएपछि आज गुरुङलाई महासचिव प्रस्ताव गर्ने तयारी छ । उपाध्यक्षमा मातृका यादव र पम्फा भुसालको सम्भावना बढी छ ।

    वर्षमान पुन, गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने सम्भावना छ । अर्थमन्त्री समेत रहेका शर्मा र शक्ति बस्नेतको नाम पनि उपमहासचिवका लागि चर्चामा छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...